राजा ज्ञानेन्द्रलाई नागरिकले कसरी थान्को लगाए, त्यो कसैले नबिर्से हुन्छ : डा गोविन्द केसी
काठमाडौं - चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनप्रति आपत्ति जनाएका छन्।
गत आइतबार प्रधानमन्त्रीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए। त्यही दिन उक्त प्रस्ताव राष्ट्रपतिले स्वीकृत गरेकी थिइन्।
उनले यो देश प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीको मात्र निजी सम्पत्ति नभएको भन्दै कुनै बेला देशलाई आफ्नो सम्पत्ति सम्झेका राजा ज्ञानेन्द्रलाई नागरिकले कसरी थान्को लगाए, त्यो कसैले नबिर्सन समेत आग्रह गरेका छन्।‘यो देश प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीको निजी सम्पत्ति हैन। यसैगरी कुनै बेला देशलाई आफ्नो सम्पत्ति सम्झेका राजा ज्ञानेन्द्रलाई नागरिकले कसरी थान्को लगाए, त्यो कसैले नबिर्से हुन्छ’, आइतबार उनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘अहिलेको संविधान पनि सर्वसाधारणले रगत र पसिना बगाएर, प्राण अर्पेर ल्याएका हुन्, नेताहरूको चोंचोमोंचो र गठजोडले गणतन्त्र स्थापना भएको हैन। त्यसैले यो संविधानलाई आफ्नो स्वार्थको फुटबल बनाउनेहरूलाई कुनै पनि हालतमा त्यस्तो कुकर्मका लागि दण्डित गर्नु पनि हाम्रो नागरिक कर्तव्य हुन्छ।’
अहिले संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्चमा पुगेको छ। सर्वोच्चले सरकारलाई यससम्बन्धी कारण देखाऊ आदेश जारी गरेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस