संसद्मा विपक्षी दलहरू विभाजित
काठमाडौं - संसद्मा विपक्षी दलहरू विभाजित भएका छन्। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामासँगै उनीमाथि उच्चस्तरीय छानबिन माग गर्दै आएकामा प्रमुख प्रतिपक्षी माओवादी अडानबाट पछि हटेपछि विपक्षी दलहलरू दुई कित्तामा विभाजित भएका हुन्।
शुक्रबार मात्रै सत्तारुढ दलसँग माओवादीले दुई बुँदे सहमति गरेर अडान छाडेको छ भने रास्वपा पूर्वअडानमा अडिग छ। सोहीकारण शुक्रबारको बैठकमा सुरुमा सबै विपक्षी दलहरूले विरोध गरे ।
त्यसपछि प्रमुख प्रतिपक्षी दलको हैसियतमा सभामुखले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई समय दिए । तर पाण्डेलाई बोल्न रास्वपा सांसदले अवरोध गरे । पहिला आफूहरूलाई कुरा राख्न दिनुपर्ने माग गर्दै रास्वपा सांसदहरूले अवरोध गरेका हुन् ।
फेसबुक पेज Like गर्नुहोस