काठमाडौं - नेकपा प्रचण्ड–नेपाल समूहले पार्टी कार्यालय मदननगर बल्खुमा बनाउने भएका छन् । बबरमहलमा बसेको केन्द्रीय कमिटी बैठक सकिएलगत्तै अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँगै वरिष्ठ नेता झलनाथ खनाल र अमृतकुमार बोहोरा पनि बल्खु पुगेका छन् ।

बैठकपछि नेताहरु त्यहाँ पुगेर मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन् । आफूहरुको सम्बन्ध गाँसिएको भन्दै पार्टीको भवन मदननगरमा नै बनाउने नेताहरुले बताएका छन् ।

त्यस्तै, अध्यक्ष नेपालले केपी ओली अलोकतान्त्रिक होलान् भन्ने आफूहरुले कल्पना नगरेको बताए । त्यस्तै वरिष्ठ नेता खनालले ओली अझै कम्युनिष्ट बन्न नसकेको बताए । 

अध्यक्ष प्रचण्डले भने सबैलाई मिलाएर पार्टीलाई एकतावद्ध बनाउने धारणा राखे ।