काठमाडौं - परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । स्रोतका अनुसार हालै भारत भ्रमण सम्पन्न गरेर फर्किएका मन्त्री खनालको चीन भ्रमणको तयारी अन्तिम चरणमा पुगेको हो ।

मन्त्री खनाल जुन १४ तारिख (जेठ ३१) मा चीन प्रस्थान गर्ने बताइएको छ । भ्रमणका क्रममा १५ र १६ तारिखमा उच्चस्तरीय औपचारिक भेटघाट कार्यक्रम तय गरिएको छ।