बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु
बैतडी - बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार बिहान करिब साढे ५ बजे धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुप प्र ०४ ००१ ज १३७२ नम्बरको जीप बैतडीको पाटन–६ स्थित खिपालीमा दुर्घटना भएको हो।
डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । जीप सवार अन्य ६ घाइते भएका छन् ।
डिलासैनी–१ का ४५ वर्षीय राम कुमार राना, २१ वर्षीय भागरती खत्री उनकी २ वर्षकी छोरी एलिसा, २१ वर्षका हेमन्त प्रसाद भट्ट, २७ वर्षीय राजेन्द्र बहादुर खत्री र ५१ वर्षीय कलमा धामी घाइते भएका प्रहरी निरीक्षक पाण्डेयले बताए ।
फेसबुक पेज Like गर्नुहोस