नवनियुक्त तीन मन्त्रीको सपथ बिहिबार बिहान साढे ११ बजे
खबर एक्सप्रेस
२०७७-०६-२८ ०६:३७ मा प्रकाशित
Total Shares: 383
काठमाडौं - नेपाल सरकारका नवनियुक्त तीन जना मन्त्रीहरूले बिहीबार पद तथा गोपनीयताको सपथ लिने भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार बिहीबार बिहान साढे ११ बजे शितलनिवासमा सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिमण्डल हेरफेर गरेका थिए। उनले नेकपा महासचिव बिष्णु पौडेललाई अर्थ, काठमाडौंका सांसद कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास र सिरहाका सांसद लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरेका हुन्।
फेसबुक पेज Like गर्नुहोस