एमाले अछाम अधिवेशन : सर्वसम्मतिको प्रयास असफल, तत्काल निर्वाचन प्रक्रिया थाल्न माग
काठमाडौं,अछाम-नेकपा एमाले अछामको अधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया तत्काल अघि बढाउन माग गरिएको छ । मंगलबार एक विज्ञप्तिमार्फत अध्यक्षका आकांक्षी चन्द्र बोहरा र बम बहादुर बीसीले निर्वाचन प्रक्रिया तत्काल थाल्न निर्वाचन समितिसँग माग गरेका हुन् ।
निर्वाचन कार्यतालिका अनुसार वैशाख १४ गतेदेखि निर्वाचन प्रक्रिया अघि बढाउने भनिएको भए पनि हालसम्म प्रक्रिया अगाडि नबढाइएकाले असन्तुष्टि चुलिएको छ ।
अर्का अध्यक्ष पदका आकांक्षी शिवप्रसाद उपाध्यायलाई नेतृत्वमा अगाडि बढाउने कसरतमा नेताहरु छन् । उनलाई केन्द्रिय नेताहरुको साथ रहेको स्रोत बताउँछ ।
यस्तै सर्वसम्मत नेतृत्व चयनका लागि गठन गरिएको अध्यक्ष मण्डलले बहुमत प्रतिनिधिहरुको भावना विपरीत नेतृत्व घोषणा गर्न खोजेको भन्दै प्रतिनिधिहरु आक्रोशित भएका छन् ।
होटलमा बैठक गर्दै आएको अध्यक्ष मण्डललाई प्रतिनिधिहरुले घेराउ समेत गरेका छन् । अधिवेशनमा सहभागी ८० प्रतिशतभन्दा बढी प्रतिनिधिहरु निर्वाचनमार्फत नेतृत्व चयन हुनुपर्ने पक्षमा उभिएका छन् ।
फेसबुक पेज Like गर्नुहोस