काठमाडौं - अहिले सामाजिक सञ्जालमा बलिउड अभिनेता आमिर खान निकै चर्चामा छन् ।

विश्वभर फैलिएको कोरोना भाइरसको कारण मन्दी चलेको बेला आमिरले १ किला पिठोको प्याकेटमा १५ हजार भारु राखेर वितरण गरेको भन्दै सबैतिर प्रशंसा भैरहेको छ । त्यो कार्य लिएर नेपालमा समेत बढो तारिफ भयो ।

यसैबीच आमिरले भने उक्त विषयमा स्पष्टिकरण दिएका छन् । खानले पिठोको प्याकेटमा पैसा राखेर नबाँडेको बताए ।

उनले ट्विटरमार्फत् भनेका छन्, ‘म त्यो मानिस होइन, जसले पिठोको प्याकेटमा पैसा राखेर बाँडेको थियो । यो कि त पूर्ण रुपमा झुट खबर हो, कि रविन हुड आफूलाई सार्वजनिक गर्न चाहँदैन । धेरै धेरै माया छ ।’

एक समाजसेवीले उक्त राहत वितरण गरेको पाइएको छ तर, विवरण खुलाइएको छैन ।