काठमाडौं - बलिउड अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना भएका छन्।नियमित स्वास्थ्य जाँच गर्न उनी तीन दिनदेखि स्थानीय नानावती अस्पतालमा भर्ना भएका हुन्।स्वास्थ्य परीक्षणको रिपोर्ट सामान्य आएपछि उनी आइतबार डिस्चार्ज हुने अस्पतालले जनाएको छ।

उनले स्वास्थ सामान्य रहेको भन्दै ट्वीटमार्फत जानकारी गराएका छन्।अस्पताल बसाईका तस्बिर पनि पोस्ट गरेका छन्।उनको गरेको एउटा ट्वीट भने भारतका मिडियामा भाइरल भइरहेको छ।

समाचारमा बताइएअनुसार अमिताभले ११ घन्टा पहिले एउटा ट्वीट गरेका छन्। जसमा उनले श्रीमती जया बच्चनसँग खिचाएको तस्बिर सेयर गर्दै करवा चौथ ब्रतको बधाइ दिएका छन्।

उक्त तस्बिर जयाले आफ्ना पति अमिताभ बच्चनको दीर्घआयुको कामनाका लागि करवा ब्रत बस्ने क्रममा खिचेको हो।२०१२ मा शल्यक्रिया गरेदेखि नियमित स्वास्थ्य जाँचका लागि उनी अस्पताल जाने गर्छन्।