जेफ बेजोस पुनः संसारकै धनी व्यक्ति घोषित
काठमाडौं,एजेन्सी - जेफ बेजोस पुनः संसारकै धनी व्यक्ति घोषित भएका छन् । अमेजन मालिक जेफ बेजोस सन् २०२१ का संसारकै धनी व्यक्ति घोषित भएका हुन् ।
फोर्ब्सले प्रकाशित गरेको पछिल्लो विवरणअनुसार यस वर्ष उनको कूल सम्पत्ति १७७ बिलियन अमेरिकी डलर पुगेको छ । उनी सन् २०२० मा पनि सर्वाधिक धनीको पहिलो स्थानमै थिए ।
त्यस्तै, दोस्रो स्थानमा एलेन मस्क रहेका छन् । रकेट कम्पनी स्पेस–एक्स र टेस्ला कार कम्पनीका मालिक मस्कको सम्पत्ति १५१ बिलियन डलर छ ।
सूचीको तेस्रो नम्बरमा पेरिसका लक्जरी वस्तु उत्पादक धनाढ्य बर्नान्ड आर्नोल्ट छन् । माइक्रोसफ्ट मालिक बिल गेट्स चौंथो स्थानमा छन् भने फेसबुक संस्थापक मार्क जुकरबर्ग ९७ बिलियन डलरसहित पाँचौ स्थानमा छन् ।
भारतीय व्यापारी मुकेश अम्बानी एसियाकै धनी व्यक्तिको रुपमा दरिएका छन् । उनको कूल सम्पत्ति ८४.४ बिलियन डलर रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस