काठमाडौं - अब एटीएम मेसिनबाट दिनमा एक लाख रुपैयाँसम्म निकाल्न मिल्ने भएको छ । यसअघि दैनिक ६० हजार रुपैयाँसम्म निकाल्न मिल्ने गरेकोमा राष्ट्र बैंकले पुरानै व्यवस्था कायम गरेको हो । 

गएको भदौसम्म पनि एटीएमबाट दिनमा एक लाख रुपैयाँसम्म निकाल्न मिल्ने व्यवस्था थियो । तर चिनियाँ नागरिकले नक्कली कार्डबाट एटीएम मेसिनको पैसा निकालेपछि राष्ट्र बैंकले सीमा घटाएको थियो । 

अबको व्यवस्थाअनुसार एटीएम कारोबारमा न्यूनतम ५ सय, प्रतिकारोबार २५ हजार र प्रतिदिन बढीमा एक लाख रुपैयाँ निकाल्न पाइनेछ । यसअघि प्रतिकारोबार २० हजार र प्रतिदिन अघिकतम ६० हजार रुपैयाँसम्म निकाल्न पाउने व्यवस्था थियो । 

राष्ट्र बैंकले सार्वजनिक गरेको एकीकृत निर्देशनमा विद्युतीय कार्डमार्फत हुने कारोबारमा अब अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था पनि छ ।