काठमाडौं - अब प्राथमिक सेयर (आइपीओ)को नतिजा सञ्चार माध्यमबाट हेर्न नपाइने भएको छ ।

सिडिएस एण्ड क्लियरिङले अबदेखि सञ्चारमाध्यमबाट आइपीओको नतिजा प्रकाशित नगर्ने निर्णय गरेको हो । डिम्याट नम्वर र उनीहरुको विवरण सुरक्षित गर्नलाई संचार माध्यमलाई उक्त कार्यमा रोक लगाइएको सीडीएससीका सीइओ पूर्णप्रसाद आचार्यले जानकारी दिए ।

अब आइपीओको नतिजा ३ ठाउँबाट मात्रै हेर्न सकिनेछ । सम्वद्ध कम्पनीको वेबसाइट, बिक्री प्रवन्धकको वेबसाइट र सिडिएसको वेबसाइट मेरो सेयरमार्फत मात्रै अब आइपिओ हेर्न पाइने छ।