काठमाडौं,एजेन्सी - युइएफए च्याम्पियन्स लिगमा इंग्लिस क्लब चेल्सीले जित निकालेको छ । गएराति भएकोक्वाटरफाइनको पहिलो लेगमा चेल्सीले पोर्चुगिज क्लब एफसी पोर्टोलाई २-०ले पराजित गरेको हो । 

खेलको ३२औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यसपछि ८५औं मिनेटमा वन चिलवेलले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए । 

जितसँगै चेल्सीले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । चेल्सीलाई सेमिफाइनलमा पुग्न यही नतिजा पर्याप्त हुनेछ भने पोर्टोलाई फराकिलो जितको आवश्यक छ । दोस्रो लेग १४ अप्रिलमा हुनेछ ।