काठमाडौं - जाडो महिना सुरू भइसकेको छ । जाडो महिना सुरु भएसँगै दराजमा थन्काइएका बाक्लो लुगाहरू लगाउन समेत सुरू भइसकेको छ । यसका साथै हामी घाम पनि प्यारो लाग्दै जान थालेको छ ।

जाडो महिनामा पारिलो घाम ताप्न सबैलाई मन लाग्छ । चिसोबाट बच्न हामी घाम ताप्ने गर्छौं । जाडो महिनामा घाममा बस्दा हामीलाई जति आनन्द आइरहेको हुन्छ, त्यति नै हाम्रो शरीरलाई पनि घामबाट बहुउपयोगी फाइदा पुगिरहेको हुन्छ ।

घाम ताप्दा हुने केही फाइदाहरू-

– घाम ताप्दा शरीरमा रक्तसञ्चार राम्रोसँग हुन्छ । यसले ब्लडप्रेसर नियन्त्रण गर्न पनि सहयोग पुर्‍याउँछ ।

– घाम ताप्नु मुटुको लागि पनि राम्रो हुन्छ । यसका साथै घाम ताप्नु मधुमेहका रोगीहरूको लागि पनि राम्रो मानिन्छ ।

– घाम ताप्दा प्राप्त हुने भिटामिन डीले पेटमा पाचन क्रियालाई सहयोग गर्ने जीवाणुहरूको संख्या वृद्धि गर्न सघाउँछ ।

– घाम ताप्दा प्राप्त हुने भिटामिन डीले हड्डीको वृद्धिमा समेत सहयोग पुर्‍याउँछ ।

– सूर्यको प्रकाश भिटामिन डीको राम्रो स्रोत हो । यद्यपि दिउँसो घाम ताप्नुभन्दा बिहानको घाम ताप्नु बढी फाइदाजनक हुन्छ । यसले छालाको रोगसम्बन्धी खतराहरु कम गराउँछ ।

– थुप्रै शोधहरूमा घामबाट प्राप्त हुने भिटामिन डीले टाउकाको दुखाई कम गराउने दाबी समेत गरेको छ ।

– केही शोधहरूमा भने घामको प्रकाशले क्यान्सरजस्ता रोगहरु लाग्नबाट बचाउने दाबी पनि गरिएको छ ।