काठमाडौं - स्पेनिस क्लब सेभिल्ला यूईएफए युरोपा लिगको सेमिफाईनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा सेभिल्लाले इंग्लिस क्लब वल्भ्सलाई १(० गोलअन्तरले पराजित गर्दै सेमिफाईनलमा स्थान पक्का गरेको हो । सेभिल्लाको जितमा लुकास ओकाम्पसले गरेको गोल नै निर्णायक बन्यो । ओकाम्पसले खेलको ८८ औं मिनेटमा हेडरमार्फत गोल गरेका थिए ।

वल्भ्स भने पाएको मौका सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट नै बाहिरिन पुग्यो । खेलको १३ औं मिनेटमा अडामा ट्राओरेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि वल्भ्सले पेनाल्टी पाएको थियो । तर, राहुल जिमेनेजको पेनाल्टी प्रहारलाई सेभिल्लाका गोलकिपरले बचाएका थिए ।

अब सेभिल्लाले सेमिफाईनलमा म्यान्चेस्टर युनाइटेडको सामना गर्नेछ ।