एजेन्सी - विश्वमा त्रास फैलाइरहेको कोभिड १९ (कोरोना भाइरस)को कारणले थुप्रै मानिसहरुले ज्यान गुमाउनुपरेको छ । यस भाइरसले विश्वमा मानिसहरुको जीवनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाव पारेको छ ।

यस भाइरसबाट विश्वमा ५ लाख ९४ हजार ४ सय ८९ जना संक्रमित छन् भने २७ हजार २ सय ५५ जनाको ज्यान गइसकेको छ । यता १ लाख ३३ हजार ६६ जना भने यस भाइरसबाट निको भएका छन् ।

चीनको हुवेई प्रान्तको वुहान शहरबाट सुरु भएको यस भाइरसले अमेरिकामा १ लाख २ हजार ४ सय ६४ जनालाई संक्रमित गराएको छ भने १ हजार ६ सय ७ जनाले यस भाइरसको कारण ज्यान गुमाएका छन् ।

इटालीमा यस भाइरसको कारणले ९ हजार १ सय ३४ जनाको मृत्यु भएको छ भने ८६ हजार ४ सय ९८ जना यसबाट संक्रमित छन् । स्पेनमा ६५ हजार ७ सय १९ जनामा कोरोना पोजिटिभ देखिँदा ५ हजार १ सय ३८ जनाको मृत्यु भएको छ ।

चीनमा ८१ हजार ३ सय ९४ मा कोरोनाको संक्रमण रहँदा ३ हजार २ सय ९५ जनाले ज्यान गुमाएका छन् । अन्य देशहरुको लागि तल तालिकामा हेर्न सकिन्छ ।