काठमाडौं - युभेन्ट्सले कोपा ईटालिया फुटबलमा शानदार जितसहित क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा युभेन्ट्सले यूडिनीजलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।  युभेन्ट्सको जितमा पाउलो ड्याबालाले दुई तथा गोन्जालो हिग्युन र ड्युगलस कोस्टाले समान एक एक गोल गरे ।

गोन्जालो हिग्युनले १६ औ मिनेटमा गोल गर्दै युभेन्ट्सले अघि बढाएका थिए । ड्याबालाको पासलाई सदुपयोग गर्दै हिग्युनले युभेन्ट्सलाई अघि बढाएका हुन् ।

२६ औ मिनेटमा ड्याबलाले युभेन्ट्सको अग्रता दोब्बर पारे । ५७ औ मिनेटमा पेनाल्टीमार्फत उनैले ब्यक्तिगत दोस्रो गोल गरे । उनले हिग्युनको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

कोस्टाले ६१ औ मिनेटमा गोल गर्दै युभेन्ट्सलाई शानदार जित दिलाए । खेलको दिन क्रिस्टियानो रोनाल्डो बिरामी परेका थिए । सोही कारण उनले खेल गुमाउन पुगे ।

यस्तै, पाँच पटकको कोपा ईटालियाको विजेता एसी मिलानले समेत स्पेललाई ३–० गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेको छ ।