काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयका सबै सदस्यहरुलाई केही दिनअघि सामुहिक राजीनामा दिन निर्देशन दिएका थिए ।

ओलीले मंसिर १ गतेबाट लागु हुने गरि राजीनामा दिन निर्देशन दिएपछि सबैले राजीनामा दिएपनि ६ जनाको मात्रै स्वीकृत भएको स्रोतले बताएको छ ।

ओलीले १ मंसीरदेखि लागु हुने गरी प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेलको राजीनामा स्वीकृत भएको स्रोतले बतायो ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार नेकपाका स्थायी कमिटी सदस्य विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई भट्टराई, स्वकीय सचिव ईन्द्र भण्डारी, प्रधानमन्त्रीको निकट रहेर कार्य सम्पादन गर्दै आएका राजेश बज्राचार्य, रामशरण बजगाईं, दिपेन दाहालले निरन्तरता पाएका छन् ।