काठमाडौं, एजेन्सी - क्रिष्टियानो रोनाल्डोले दुई गोल गरे पनि युभेन्टस इटालियन सिरी एमा बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा युभेन्टस एएस रोमासँग २–२ को बराबरीमा रोकिएको हो । 

रोमाको मैदानमा भएको खेलमा दुई पटकसम्म पछाडि पर्दा युभेन्टसलाई हारबाट रोनाल्डोले जोगाए पनि जिताउन सकेनन् । 

रोमाका लागि जोर्डन भेरेटाउटले दुई गोल गरे । युभन्टसका एड्रियन रोबियटले दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदान छाड्न पुगेका थिए ।  पहिलो खेलमा जित निकालेको युभेन्टस दोस्रो खेलमा बराबरीमा रोकिएको हो । 

अंक तालिका

नापोली, एसी मिलान र हेलास भेरोनाले २ खेलबाट ६ अंक बटुल्दै क्रमशः पहिलोदेखि तेस्रो स्थानमा छन् । 

ससुओलो र युभेन्टसको ४ अंक छ ।  एटलान्टा, लाजिओ, इन्टरमिलान, बनेभेन्टो, फियोरेन्टिना र गिनोआको ३ अंक छ ।