काठमाडौं - नेपाली कांग्रेसका सांसद  मोहम्मद अफ्ताव आलम पक्राउ परेका छन् । ०६४ को संविधानसभा निर्वाचनका बेला रौतहटमा भएको एक बम काण्डमा घटनाको अनुसन्धानका लागि उनी पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले आलमलाई आइतबार बिहान नियन्त्रणमा लिएको जनाएको छ । 

२०६४ चैत २७ गते रौतहटको राजपुरमा विस्फोटमा घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोग आलममाथि लगाइँदै आएको छ।

पीडित परिवारले किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गरेको थिएन। सर्वोच्च अदालतले ०६९ जेठ १६ गते जाहेरी दर्ता गर्न प्रहरीलाई आदेश गरेको थियो।