अमेरिकामा कोरोना कहर, एकैदिन झण्डै २ लाख संक्रमित थपिए
काठमाडौं,एजेन्सी - कोरोना भाइरसको उत्पत्ति भएको पनि लगभग १ वर्ष पूरा भएको छ । यस विरुद्धको भ्याक्सिन निर्माण जारी रहेको छ भने परीक्षण पनि हुँदैछ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने यो भाइरस विश्वका केही मात्र राष्ट्र छाडेर सबै देशहरुमा फैलिएको छ ।
कोरोना भाइरसको संक्रमणबाट विश्वमा ठूलो असर पुग्न गएको छ । यस भाइरसका कारणले लाखौं मानिसले ज्यान गुमाएका छन् ।
यो समाचार तयार पार्दासम्म विश्वमा ५ करोड ७८ लाख ८८ हजार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ लाख ७६ हजार ७४९ जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । विश्वका ४ करोड ९३ हजार १७३ संक्रमित निको भएका छन् ।
यसैगरी विश्वमा सबैभन्दा बढी संक्रमण देखिने तथा प्रभावित बनेको राष्ट्र अमेरिका हो । अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख ९४ हजार १५३ जनामा कोरोना पुष्टि भएको छ भने १ हजार ८९३ जनाले ज्यान गुमाएका छन् । हालसम्म १ करोड २२ लाख ६७ हजार ४०३ जनामा कोरोनाले संक्रमण गराएको छ । २ लाख ६० हजार २२६ जनाले ज्यान गुमाएका छन् ।
यस्तै ७३ लाख ११ हजार ७०८ संक्रमित निको भएका छन् । अन्य केही प्रभावित राष्ट्रहरुको अवस्था तल तालिकामा हेर्न सकिन्छ ।
फेसबुक पेज Like गर्नुहोस