काठमाडौें - पेप्सिकोला सनसिटी शिवनगर टोलमा बस्दै आएका एक जोडीको झुण्डिएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार उनीहरुले एउटै पासोमा झुण्डिएर आत्महत्या गरेका हुन् । 

बानेश्वरका डीएसपी दक्ष कुमार बस्नेतले पाँच महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएको उक्त जोडीले आफ्नै फ्ल्याटमा एउटै पासोमा झुन्डिएर आत्महत्या गरेको बताए । 

३६ वर्षीय आदम मोहम्मद मुसलमान र २६ वर्षीय अस्मिता थापा आफू बस्दै आएको फ्ल्याटमा एउटै पासोमा झुन्डिएको अवस्थामा फेला परेको डीएसपी बस्नेतको दावी छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।