पत्रपत्रिकाबाट
नेकपामा विभाजनको भारी बोक्ने डर, दुवै पक्षले औपचारिक दाबी नगर्दा आयोग अन्योलमा
काठमाडौं - नेकपा फुटको विवाद बाहिर उत्कर्षमा पुगे पनि केपी शर्मा आली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले दल विभाजनको लागि औपचारिक प्रक्रिया थालेका छैनन् । दुवै पक्षले आ–आफूलाई पार्टीको संस्थापन पक्ष दाबी गरेका छन् तर कसैले पनि विभाजनको भारी बोक्न ...
जीवन–मरणको छटपटीमा बलात्कृत ७ वर्षीया बालिकाः अस्पतालको बेवास्ता, रोकिएन रक्तस्राव
काठमाडौं, रौतहट - अस्पतालभित्र आउजाउ गर्ने बाटो छेउको बेडमा ओठ सुकेकी र अनुहार मलिन भएकी बालिका सुतेकी छन्। बेडकै एक छेउमा आमा र आफन्त उनको अनुहार हेर्दै चिन्तित मुद्रामा छन्।गत सोमबार बलात्कृत ७ वर्षीया बालिकाले उचित उपचार र सुरक्षा नपाएको पीडित परि ...
नेपाललाई सुहाउँदो खोप अनुमोदन
काठमाडौं - यो खोपले बेलायतमा मात्र पहिलोपटक प्रयोग अनुमति पाएको हो । बेलायतको सख्त नियामक निकायले अनुमति दिइसकेको अवस्थामा अन्य देशका नियामक निकायले यसलाई अनुमति दिन सजिलो हुने स्वास्थ्य मन्त्रालयद्वारा गठित खोपसम्बन्धी प्राविधिक सल्लाहकार समितिका सं ...
चिनियाँ टोलीले दिएको तीन सन्देश
काठमाडौं - नेपालको भ्रमणमा आएको चिनियाँ विशेष टोलीले राजनीतिक अस्थिरता रोक्न, विभाजित नेकपालाई मिलेर अघि बढ्न र यहाँको राजनीतिक वातावरणले चीनमा पर्न सक्ने सुरक्षा खतराबारे सजग रहन आग्रहसहितका तीनवटा सन्देश सत्तारुढ र विपक्षी दलका नेताहरुलाई दिएको छ । ...
नयाँ भाइरस : प्रतिबन्धले बेलायतमै अड्किए नेपाली
काठमाडौं - भरतपुरका डा. सुभाष रेग्मी बेलायतमा एकवर्षे अध्ययन सकेर क्रिसमसकै दिन डिसेम्बर २५ मा नेपाल फर्किने तयारीमा थिए। हवाई टिकट लिइसकेका डा. रेग्मीले सय पाउन्ड तिरेर पीसीआर परीक्षण पनि गराइसकेका थिए। तर, बेलायतबाट जानेलाई नेपालमा अचानक प्रतिबन्ध ...
चिनियाँ आएसँगै दक्षिणको टोली पनि आयो दौडँदै
काठमाडौं - चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबारदेखि राजनीतिक भेटघाटमा व्यस्त छ । र, त्यसको भोलिपल्टै दक्षिणी छिमेक भारतबाट अर्को टोली काठमाडौं उत्रिएको छ ।चिनियाँ टोलीका नेता गुओले ...