ब्रेकिङ न्युज

एमाले अध्यक्ष ओलीद्वारा कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण

काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबार कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण गरेका छन् । उनले तीनवटा मतदान केन्द्रमा पुगी पर्यवेक्षण गरेको उनको सचिवालयले जनाएको छ ।अध्यक्ष ओलीले आइतबार बिहान टोल कोर्क प्रावि, हुन सेन प्रिक रेसे प्र ...

आजको मौसम : सबै प्रदेशका पहाडी भु-भागमा पानी पर्ने

काठमाडौं-हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहि कोशी, बागमती र गण्डकी प्रदेशका प ...

प्रधानमन्त्री दाहाल र चिनियाँ नेता युआनबीच भर्चुअल संवाद

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ नेता युआन च्या च्युनबीच भर्चुअल संवाद भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ नेता च्या च्युनसँग इटलीको भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आज भर्चुअल संवाद गरेका हुन् ।प्रधानमन्त्रीको सचिवालयका ...

ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं-ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यका ...

राष्ट्रपति पौडेल र चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेता युआनबीच शिष्टाचार भेट

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीति ब्यूरो सदस्य युआन च्या च्युनले शिष्टाचार भेटवार्ता गरेका छन्।तीन दिने नेपाल भ्रमणमा आउनुभएका युआनले राष्ट्रपति पौडेलसँग आइतवार राष्ट्रपति भवन शीतल निवासमा ...

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना : एकको मृत्यु, ३३ जना घाइते

काठमाडौं-अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।आइतबार पञ्चदेवल विनायक नगरपालिकाको कालिकास्थाननजिक मलामी बोकेर घाटतिर जाँदै गरेको भे १ त ६७५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै म ...