काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, युवा नेता एवं पूर्व शिक्षामन्त्री धनिराम पौडेलको हृदयघातका कारण निधन भएको छ ।नेता पौडेलको चितवनको माडीमा गए राति निधन भएको हो ।

पौडेल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा नेपाल सरकारको शिक्षामन्त्री थिए । युवा नेता पौडेलको हृदयघातका कारण निधन भएको गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदीले जानकारी दिएका छन् ।