काठमाडौँ - उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले तामाङ समुदायको नयाँ बर्ष २८५५ अर्थात सोनाम ल्होछारको अवसरमा शुभकामना दिएका छन्। मन्त्री यादवले सोनाम ल्होछारको अवसरमा विज्ञप्ति निकाल्दै शुभकामना दिएका हुन् ।

उनले शुकामना दिँदै मुलुकमा सबै जातजातीलाई सम्मान रुपमा सहभागिता र राज्यमा पहुँच पुर्याउने पक्ष सरकार रहेको विचार ब्यक्त गरेका छन् ।

बहुरङ्गी समाजको सबै सस्कृतीलाई एकनासले प्रथामिकता दिएर सबैको सम्मान गर्ने हो भने मुलुकमा राजनीतिक स्थिरता, दिगो शान्ति र छिटो समृद्धि हात पार्न सकिने उनको भनाई छ ।

नेपाल सबै जातजातीको साझा पुलबारी भएको उनले तर्क गरे । मन्त्री यादवले असमानता, उत्पीडन र विभेदको अन्त्यका लागि निरन्तर रुपमा अघि बढ्न र राष्ट्र निर्माणमा सघाउन ल्होछारको अवसरमा सबैलाई प्रेरणा मिलोस् भन्दै शुभकामना दिएका छन्।