काठमाडौं -भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जारी गरेको विज्ञप्तिको पार्टीले बचाउ गरेको छ ।

सोमबार बसेको नेकपाको सचिवालय बैठकले अध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्तीको बचाउ गर्दै कुनै पनि देशमा बाह्य हस्तक्षेप हुन नहुने र कुनै समस्या आए त्यहीँका जनताले शान्तिपूर्ण रुपमा समाधान खोज्नुपर्ने धारणा दोहोर्‍याएको हो ।

अध्यक्ष प्रचण्डले भेनेजुएलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै कडा भाषामा विज्ञप्ती जारी गरेपछि कुटनीतिक तरंग पैदा भएको थियो ।