काठमाडौं-  राष्ट्रिय परीक्षा बोर्डले  कक्षा १२ को नतिजा सार्वजनकि गरेको छ । बोर्डले सबै काम सक्किसकेको जनाउँदै बिहिबार नतिजा सार्वजनिक गरेको हो 

बोर्डले पहिलो पटक ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरेको हो । यस पटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गरिएको छ ।

परीक्षामा करिव ४ लाख विद्यार्थी सहभागी छन् । गत बैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए । 

आशिंकतर्फ ३५ दशमलव २ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी १ लाख १७ हजार ४ सय १४ मध्ये ४१ हजार ३ सय ७५ उत्तीर्ण भएको परीक्षा बोर्डले जनाएको छ । 

परिक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले डिई ल्याउनेले पुरक परिक्षा दिनुपर्ने बताएका छन् । त्यस्तै उनका अनुसार सबै बिद्यार्थीले बोर्डको शाखा कार्यालयबाट प्रमाणपत्र लिन सक्नेछन् ।