काठमाडौं - बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म ‘राधे’ मा चर्चित द्वन्द्व निर्देशक थपिएका छन् । तीमध्ये एक कोरियन छन् ।

पछिल्लो समय सलमान फिल्मले खासै व्यापार गर्न सकेका छैनन् । जसकारण पनि यो फिल्ममा थप राम्रो गर्नका लागि निर्माण टिमले ‘केजीएफ’ का द्वन्द्व निर्देशक फिल्ममा समावेश गरेको हो ।  

एक नभएर ३ जना एक्सन निर्देशक ‘राधे’ मा ल्याइएको भारतीय मिडियाले लेखेका छन् । फिल्मको एक्सन पक्षलाई थप राम्रो बनाउने निर्माण टिमको विश्वास छ ।

तीन निर्देशकमध्ये एक निर्देशक कोरियन हुन् । उनी कोरियन फिल्म उद्योगमा पनि चर्चित भएको बताइन्छ । यस्तै दुई जनाले ‘केजीएफ’ लगायत कैयन् फिल्ममा एक्सन निर्देशन गरिसकेका छन् । स्रोतका अनुसार फिल्मको ९० प्रतिशत छायांकन भइसकेको छ । ‘राधे’ ईदमा रिलिज हुने सम्भावना छ ।