एजेन्सी - बेलायतमा कोरोना भाइरसविरुद्धको खोप परिक्षणको अन्तिम तयारीमा रहेको छ । पहिलो चरणमा लन्डनको इम्पिरियल कलेजमा ३०० जनामा खोप लगाइने छ ।

खोप परिक्षणको नेतृत्व इम्पिरियल कलेजकै प्राध्यायपक रोबिन साट्टोकले गरिरहेका छन्।

यसअघि यो खोप जनावरमा परिक्षण गर्दा नतिजा सकरात्मक आएको थियो । यसले भाइरसविरुद्ध लड्ने रोग प्रतिरोधात्मक क्षमता सुधार गर्न मद्दत पुर्‍याएको पाइएको परिक्षणमा संलग्न चिकित्सहरु बताउँछन् ।

बेलायतकै अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले बनाएका खोपको मानवमा परीक्षण भने यसअघि नै सुरु भइसकेको छ। अहिले त्यसको तेस्रो चरणको परीक्षण गर्ने तयारी हुँदै छ।

हाल संसारभरी १२० स्थानमा कोरोनाको भ्याक्सिन बनाउने प्रयास गरिँदैछ । तीमध्ये १३ स्थानमा यो क्लिनिकल ट्रायलसम्म पुगेको छ ।

यी १३ स्थानमध्ये पाँच चीन, तीन अमेरिका र दुई बेलायतमा छ । जबकी अष्ट्रेलिया, रुस र जर्मनीको एक–एक स्थानमा ट्रायल चलिरहेको छ ।

बीबीसी