काठमाडौं - राजधानीको गोंगबुस्थित गणेश स्थानमा बेवारिसे अवस्थामा छाडिएको सुटकेशभित्र भेटिएको शव हत्यापछि फालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

गणेशस्थान नजिकै कालो सुटकेशमा शव र दुई सय मिटरको दुरीमा टाउको फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एक उच्च अधिकारीले जानकारी दिए । यद्यपी, शवको पहिचान भने भएको छैन ।

आइतबार बिहान सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी र डाक्टरसहितको टोली घटनास्थलमा पुगेको छ ।