सोलुखुम्बु - माप्यदुधकोशी गाउँपालिका–७ मा एक युवक मृत फेला परेका छन्। करिब १९ वर्षका शुक्रकुमार राईलाई सिबुचेमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए। घरबाट लुक्ला जानका लागि हिँडेका शुक्र सोही वडाका हुन्।

उनको मृत्युको कारण खुल्न नसकेको प्रहरीले बताएको छ। प्रहरी चौकी वाकुबाट खटिएको प्रहरी घटनास्थलमा पुगिसकेको र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको प्रहरी टोली पनि घटनास्थलतर्फ प्रस्थान गरिसकेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए। बाटोमा शव देखेपछि स्थानीयले सोमबार साँझ ५ बजे प्रहरीलाई खवर गरेका थिए।

जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थलमा पुगेपछि विस्तृत विवरण आउने प्रहरीको भनाइ छ।