पोखरा - गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न चार जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो ।

संक्रमितमध्ये बाग्लुङका १, स्याङ्जाका २, तनहुँका ३, पर्वतका २ जना रहेका छन् । उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १,०१४ पुगेको छ ।