काठमाडौं - धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ मैदीभञ्ज्याङमा मिनीट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

ढोला मण्डली मन्दिरमा पूरा गरी फर्किँदै गरेका यात्रु बोकेको ग १ ख ८०१२ नम्बरको मिनीट्रक तीव्र गतिका कारण सडकमा पल्टिएर दुर्घटनामा परेको हो । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।