काठमाडौं - कांग्रेसले सरकारका कारण लोकतान्त्रिक व्यवस्थामाथि वितृष्णा फैलने क्रम बढेको टिप्पणी गरेको छ । उसले संवैधानिक व्यवस्था र लोकतान्त्रिक मूल्य मान्यतालाई अवमूल्यन गरेको आरोप सरकारमाथि लगाएको छ । 

केन्द्रीय कार्यसमितिको जारी बैठकमा बिहीबार सहमहामन्त्री प्रकाशशरण महतले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावको सुरुमै सरकार संविधानको मर्म र मान्यतालाई उलंघन गर्ने क्रियाकलापमा लागेको उल्लेख गरिएको छ । 

‘सरकारको असफलता र कमजोरीलाई लोकतान्त्रिक व्यवस्थाको कमजोरीका रुपमा चित्रण गर्ने सुनियोचित क्रियाकलाप्रति समयमै सचेत हुनुपर्छ,’ प्रस्तावमा भनिएको छ ।

कान्तिपुर दैनिकबाट