काठमाडौं - युरोपा लिगमा अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एजेड अल्कमारमाथि ४–० को फराकिलो जित निकालेको छ। घरेलु मैदानमा सहज जित निकालेको युनाइटेडका लागि मासन ग्रिनउडले २ गोल तथा एस्ले योङ र जोन माटाले समान १–१ गोल गरे।

पहिलो हाफ बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा युनाइटेड हावी भएको थियो। उसका लागि खेलको ५३औँ मिनेटमा एस्ले योङले गोल गर्दै अग्रता दिलाए । ग्रिनउडले गोल गरेपछि लगातार गोल गरेको युनाइटेडले त्यसको ११ मिनेटभित्र ४ गोल गर्‍यो ।

फेरि ५८औँ मिनेटमा ग्रिनउडले अर्को गोल थपे । त्यस्तै ६२औँ मिनेटमा जोन माटाले पेनाल्टीमार्फत गोल गरे । फेरि २ मिनेटभित्रै ग्रिनउडले गोल थप्दा युनाइटेडले ४–० ले खेल आफ्नो पक्षमा पार्‍यो ।

जितसँगै युनाइटेड समूह विजेताका रुपमा अर्को चरणमा प्रवेश गरेको छ ।