काठमाडौं - कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ज्यालादारी काम गरेर जिवन निर्वाह गर्नेहरुलाई सरकारले खानाको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

बिहीबार नेता नेपालले विपन्न तथा दैनिक कमाएर मात्र खान पाउने परिवारहरूलाई खाना उपलब्ध गराउन माग गरेका हुन्।

‘अत्यावश्यक उपभोग्य वस्तुको अभाव हुन नदिन तीनै तहका सरकारसहित सम्बन्धित सबैको विशेष ध्यानाकर्षण गराउन चाहन्छु,’ नेता नेतालले भनेका छन्।

उनले स्वास्थ्यकर्मीलगायतको स्वास्थ्य र सुरक्षामा थप ध्यान दिन पनि सरकारलाई आग्रह गरेका छन्। कोरोना जोखिम रहेको भन्दै उनले घरमै बस्न नागरिकहरूजाई आग्रह गरेका हुन्।