एजेन्सी - भारतको केरला राज्यमा एयर इन्डियाको विमान दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । १९० जना यात्रु बोकेको एयर इन्डिया एक्स्प्रेसको जहाज कोझिकोड विमानस्थलमा शुक्रबार दुर्घटना हुँदा दुई पाइलटसहित २० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बोइङ ७३७ जेट विमान दुबईबाट आफ्ना नागरिकलाई लिएर फर्किएको थियो।

विमानमा १७४ वयस्क, १० जना नाबालक तथा २ पाइलट रहेका थिए। त्यस्तै ४ जना अन्य चालक दलका सदस्य रहेको बताइएको छ।

शुक्रबार बेलुकी करिब ७ : ४० बजे विमान अवतरणका क्रममा दुर्घटना भएको थियो। अवतरणका क्रममा अगाडिको भाग जमिनमा पहिले ठोक्किएको थियो ।