एजेन्सी – निर्देशक राजकुमार हिरानीले ‘सञ्जु’पछि अन्य कुनै फिल्म निर्देशन गरेका छैनन् । शाहरुख खानको पनि ‘जिरो’ पनि जिरोपछि नयाँ फिल्म आएको छैन ।

हिरानीको सञ्जुले बक्स अफिसमा हिटको उपाधी पाएको थियो भने जिरो असफल भयो । तैपनि शाहरुखको स्टार छबी कायम छ ।

शाहरुखका फ्यानहरुले नयाँ फिल्म हेर्न आतुर भएको प्रतिक्रिया सामाजिक सञ्जाल मार्फत व्यक्त गरिरहेका छन् । केही भारतीय मिडियाले उल्लेख गरे अनुसार अहिले शाहरुखसंग ३५ भन्दा बढी स्क्रिप्ट छ तर, उनी फिल्म साईन गर्न मानिरहेका छैनन् । तर, निर्देशक हिरानी पुनः शाहरुखलाई अभिनय गराउने योजनामा छन् ।

हिरानी प्रेमकथामा आधारित रहेर नयाँ फिल्म बनाउने तयारीमा छन् भने शाहरुखको जोडीको रुपमा काजोललाई अभिनय गराउदैछिन् ।

काजोलले पनि पछिल्लो समय सिमित फिल्ममा अभिनय गर्ने योजना बनाएकी छिन् तर, शाहरुखले आग्रह गरेपछि काजोल पनि सहमत हुन्छिन् । हिरानीको फिल्ममा शाहरुख काजोलसंगै करिना कपुरले पनि अभिनय गर्ने भएकी छिन् ।