रौतहट - रौतहटमा प्रहरी र भूमिगत समूहबीच गोली हानाहान भएको छ । घटानामा एक जना भूमीगत समूहका सदस्य घाइते भएका छन् । प्रहरीको गोली लागेर भारत मोतिहारी जतौलिया ग्राम पन्चायत ४ का शेख चाँद अली घाइते भएको प्रहरीले जनाएको छ ।

उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको रौतहट प्रहरीले जनाएको छ । इशनाथ नगरपालिका–१ बन्जरास्थित नेपाल–भारत सीमा बकैया नदीको बाँधमा भुमीगत समुह मधेशी नेशनल पार्टीका कार्यकर्ता र प्रहरीबीच मंगलबार राति गोली हानाहान भएको हो ।

प्रहरीले एउटा कटुवा पेस्तोल र एक राउण्ड गोली र खोका बरामद गरेको छ । पक्राउ परेका अलीले भारतमा बसेर मधेशी नेशनल पार्टीका नाममा उद्योगी व्यपारीलाई धम्की दिने गरेको प्रहरीले जनाएको छ ।