काठमाडौं - नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली ‘स्‍नेही’ दुर्घटनामा परि घाइते भएका छन् ।

काठमाडौंको टेकुमा सोमबार बिहान बा २ख ९८१० को मिनी बसले स्नेही सवार बा ६५प ५६७३ नम्बरको स्कुटीलाई ठक्कर दिँदा उनी घाइते भएका हुन् ।

घाइते स्नेहीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । खुट्टा र कुमनजिक चोट लागेका सांसद रसाइलीको अवस्था सामान्य रहेको बताइएको छ ।