काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले जनता समाजवादी पार्टी, नेपाललाई सत्ता सहकार्यको प्रस्ताव गरेको छ । 

बिहीबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्षद्वयले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ लगायत नेताहरुसँग छलफल गरेका हुन् । 

छलफलका क्रममा प्रचण्ड–माधव पक्षले मिलेर अगाडि जानुपर्ने प्रस्ताव राखेको स्रोतले बताएको छ । तर, जसपाका नेताहरुले सरकारमा सहभागी हुनका लागि केही सर्त अगाडि सारेका छन् ।  उनीहरुले संविधान संशोधन, रेशम चौधरीलगायतको रिहाइ भएपछि मात्र सरकारमा सहभागी हुनका लागि छलफल गर्न सकिने बताएका छन् । त्यसमा  प्रचण्ड–माधव पक्ष सकारात्मक रहेको छ ।