काठमाडौं,एजेन्सी - बलिउड अभिनेत्री जान्हवी कपुरले महँगो मूल्यमा मुम्बईको जुहुमा एक घर किनेकी छन् । बोनी कपुर एवं श्रीदेवीकी छोरी जान्हवीले बलिउडमा डेब्यु गरेको केही वर्षमात्र भएको छ ।

२३ वर्षीया अभिनेत्रीले स्वयं घर खरिद गरेकी हुन् । उनको घर जुहुमा रहेको छ भने ३ तलासम्म रहेको छ । रिपोर्टका अनुसार उनले उक्त घर ३९ करोड रुपैयामा किनेकी हुन् ।

हाल उनी आफ्ना बुबा बोनी कपुर र बहिनी खुशी कपुरसँग लोखण्डवालामा बस्दै आएकी छिन् । जान्हवीले सन् २०१८ मा धडक फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् । उनी धडकसँगै घोस्ट स्टोरिज र गुञ्जन सक्सेनामा काम गरेकी छन् भने उनको आउँदै गरेको फिल्म रुही अफजाना र दोस्ताना २ रहेको छ ।