काठमाडौं - दक्षिण एसियाली खेलकुद सागमा भारोत्तोलनमा नेपालकी सञ्जु चौधरीले स्वर्ण जितेकी छिन् ।

पोखरामा भएको प्रतिस्पर्धामा सञ्जुले ५९ केजी तौल समूहमा नेपालका लागि स्वर्ण जितेकी हुन् । उनले क्लिन एण्ड जर्कमा ९७ र स्न्याचमा ७४ गरी कुल एक सय ७१ किलो तौल उचालिन् ।

यो स्वर्णसँगै सागमा भारोत्तोलनमा स्वर्ण जित्ने सञ्जु पहिलो महिला खेलाडी बनेकी छिन् ।