काठमाडौं - निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम तत्काल अगाडी बनढ्ने भएको छ । सर्वोच्च अदालतले विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सरकारलाई आदेश दिएसँगै तत्काल काम अगाडी नबढ्ने भएको हो ।

पूर्वसचिव द्वारिकानाथ ढुंगेल, अधिवक्ता कृष्णप्रसाद भण्डारी र प्रभु बुढाथोकीले हालेको रिटको सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले शुक्रबार काम अघि नबढाउन आदेश दिएको हो।

सर्वोच्चले दुबै पक्षलाई अन्तरिम आदेशको छलफलका लागि पनि बोलाएको छ।