काठमाडौं - युरोपा लिग फुटबलको सेमिफाईनल समिकरण पूरा भएको छ ।

गएराती भएका क्वाटरफाईनलका अन्तिम दुई खेलमा स्पेनको सेभिया र युक्रेनको शख्तर डोनेट्स्क विजयी भएसँगै सेमिफाईनल खेलहरु तय भएका हुन् ।

क्वाटरफाईनलको खेलमा स्पेनको सेभियाले इंग्ल्याण्डको वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले हरायो ।

यो हारसँगै युरोपा लिगको जारी सिजनमा वुल्भरह्याम्पटनको उत्साहजनक यात्रामा पूर्णविराम लागेको छ ।

गएराती भएको अर्को क्वाटरफाईनल खेलमा युक्रेनको शख्तरले स्विटजरल्याण्डको एफ.सी बाजललाई ४–१ ले पराजित ग¥यो ।

शख्तरले अब प्रतियोगिताको सेमिफाईनलमा इटालीको इन्टर मिलानसँग खेल्न्ेछ । युरोपा लिगको अर्को सेमिफाईनल खेलमा म्यान्चेस्टर युनाईटेड र सेभिया भिड्नेछन् । एजेन्सी