एजेन्सी - अफगानिस्तानको पूर्वी प्रान्त नान्गारहारमा इस्लामिक स्टेट्स (आईएस) लडाकु समूह लुकेर बसेका स्थानलक्षित बिहीबार भएको मानवरहित विमान (ड्रोन) कारबाहीमा परी १८ अफगान नागरिकको मृत्यु भएको छ ।

यस घटनामा अन्य ६ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता मबारिज अतालले बताएको सिन्ह्वा समाचार समितिले जनाएको छ ।

यो कारबाही बाजिर ताङगी क्षेत्रमा नेटोआबद्ध सैनिकबाट भएको बताइएको छ । आईएस लक्षित यस कारबाहीमा दुर्भाग्यवश सर्वसाधारण परेका प्रहरी अधिकारीले जानकारी दिएका छन् । यस कारबाहीको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।