मनोज साह हत्या प्रकरण: ऋण दिएको पैसा माग्दा हत्या गरेको खुलासा
खबर एक्सप्रेस
२०७६-०७-०६ ११:०० मा प्रकाशित
Total Shares: 1018
जनकपुरधाम - जनकपुरधाममा एक पेट्रोलियम व्यवसायीको बुधबार बिहान हत्या भएको छ । पेट्रोलियम व्यवसायी मनोज साहले ऋण दिएको पैसा माग्न जाँदा ऋणि पंकज चौधरीले गोली हानेको प्रहरीले जनाएको छ ।
४० वर्षीय साहको घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।
जनकपुरधामस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक समेत रहेका शाहालाई गोली प्रहार गरेका पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
मृतकका परिवारले अपराधीलाई कडा कारबाही गर्न माग गरेका छन् । शाहाको शव परिक्षणका लागि अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।
फेसबुक पेज Like गर्नुहोस