एजेन्सी - बलिउड अभिनेत्री रानी मुखर्जी र ऐश्वर्या राय बच्चनबीच सन् २००३  मा शाहरुख खानको चलचित्र 'चलते-चलते' लाई लिएर मनमुटाव सुरु भएको थियो । सो चलचित्रमा ऐश्वर्यालाई रानीको कारण हटाइएको थियो । यहिबाट दुवै अभिनेत्रीबीच शीतयुद्ध सुरु भएको हो ।

सो समयका रानीका प्रेमी अभिषेक बच्चनसँग ऐश्वर्याले विवाह गरेपछि मनमुटाव अझ बढेको थियो । विवाहमा रानीलाई निमन्त्रणा समेत गरिएको थिएन । त्यसपछि अभिनेत्रीबीचको शीतयुद्ध चलेको  प्रस्ट भयो ।

रानीले एक अन्तर्वार्ताको क्रममा आफुलाई विवाहमा किन निम्तो नगरेको भन्ने कुरा अभिषेकले मात्र बताउन सक्ने भनेकी थिइन् । रानीले अन्तर्वार्तामा भनिन् , " यो मेरो मतलबको कुरा भएन । तर यस कुराले हामी को-स्टार मात्र रहेको तर साथी नभएको स्पस्ट पारेको छ । रह्यो विवाहमा बोलाउने कुरा त्यो व्यक्तिगत इच्छा हो । जब म विवाह गर्ने सोच्छु तब कसलाई बोलाउने नबोलाउने म निर्णय गरिसकेको हुन्छु । "

रानी र ऐश्वर्या कुनै समयमा सबैभन्दा मिल्ने साथी थिए । अन्तर्वार्तामा रानीले सम्बन्धका बारेमा पनि बताएकी थिइन् ।  उनले भनिन् , " यो कुरा तपाईले ऐश्वर्यालाई सोध्नु होला ।  हामी सधै एक-अर्काको फ्यान हौ । "

विवाहपछि अभिषेक र रानीले कहिले पनि एक-अर्कालाई भेटेनन् ।  न त चलचित्र न त कुनै कार्यक्रममा । यी पूर्व प्रेमि - प्रेमिका कहिले पनि साथै देखिएनन् । 

सम्बन्धमा दरार आएको १४ बर्षपछि रानी मुखर्जी र ऐश्वर्या राय बच्चन एउटै कार्यक्रममा देखिए। दुवै श्रीदेवीको छोरीको पार्टीमा भेट भएका थिए ।