काठमाडौं - नेपाल समेत भोकमरी हुने राष्ट्रको सूचीमा परेको छ । त्यो पनि गम्भीर प्रकृतिको भोकमरी । वेल्ट हङ्गर हिल्फ र कन्सर्न वर्ल्डवाइड नाम गरेका दुई संस्थाले ११६ वटा मुलुकबारे गरेको अध्ययनबाट नेपाल समेत गम्भीर प्रकृतिको भोकमरी हुने राष्ट्रमा देखिएको हो ।

‘विश्वव्यापी भोकमरी सम्बन्धि प्रतिवेदन–२०१९’नाम दिइएको यो अध्ययनले सूची नै सार्वजनिक गरेको छ । अध्ययनमा समावेश ११६ राष्ट्र मध्ये नेपाल ७३औँ स्थानमा छ । यसअघि नेपाल ७२औँ स्थानमा थियो । प्रतिवेदनमा गरिएको क्षेत्रीय विश्लेषण अनुसार दक्षिण एसियाली मुलुकमध्ये नेपाल श्रीलंका भन्दा केही कमजोर छ । तर, बंगलादेश, पाकिस्तान, भारत र अफगानिस्थान भन्दा राम्रो अवस्थामा छ ।

नेपालले सन् २०२१ सम्म विकासोन्मुख राष्ट्रभन्दा माथि उठ्ने लक्ष्य लिएको छ । सरकारले अहिले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा समेत अघि सारेको छ । तर, भोकमरि समम्बन्धि यो रिपोर्टले सरकारका यी लक्ष्यलाई चुनौती दिएको छ ।